निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन समूहले वन क्षेत्रमा जटिबुटीका पकेट क्षेत्र विस्तार गर्नेभएको छ ।समूहले सामुदायिक वनको भमरा खोला पूर्व र पूर्वपश्चिम लोकमार्गको दक्षिणतर्फ रुख मासिएर उजाड बनेको डेढ हेक्टर जमिनमा जडिबुटी पकेट क्षेत्र विस्तार गर्न लागेको हो । पकेट क्षेत्र विस्तार योजनाअनुसार बिहीवार सो वन क्षेत्रमा अमला प्रजातिका ८ सय विरुवा रोपिएका छन ।

जडिबुटी पकेट क्षेत्र विस्तारको क्रममा पहिलो लटमा अमलाका ८ सय विरुवा रोपिएको र आगामी दिनमा बर्रो, बेल लगायत विभिन्न प्रजातिका ३ हजारभन्दा बढी विरुवा रोपिने समूहका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
‘नमूना पकेट क्षेत्रको रुपमा विकास गर्ने योजनाअन्तर्गत जडिबुटीका विरुवा रोप्न शुरु गरिएको छ, अध्यक्ष पाण्डेले भन्नुभयो, लोपउन्मुख र बहुउपयोगी प्रजातिका वनस्पतिको संरक्षणले वातावरण र मानव स्वास्थ्य प्रबद्र्धनमा पनि टेवा पु¥याउने विश्वास छ ।’

डिभिजन वन कार्यालय बारा र सामुदायिक वन उपभोक्ता महासंघ बाराको सहयोगमा विस्तार गर्न लागिएको जडिबुटी पकेट क्षेत्रमा विरुवा सुरक्षाको लागि घेराबाराको काम पुरा भएपछि वृक्षारोपण शुरु गरिएको हो । सो क्षेत्रको संरक्षणको लागि डिभिजन वन कार्यालय बाराको सहयोगमा काँढेतारले घेराबारा गर्ने कार्य पूरा भएको छ ।वृक्षारोपण शुरु हुनुअघि भएको उद्धाटन कार्यक्रममा बोल्दै निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवालले हाल विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न आदर्श सदावहार वन समूहले विस्तार गर्न लागेको जडिबुटी पकेट क्षेत्रले महत्वपूर्ण टेवा पु¥याउने बताउनुभयो ।उहाँले वन र वातावरण मानव जीवनको मुख्य आधार भएकोले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने पनि बताउनुभयो । निजगढ नगरकार्यपालिका कार्यालयले वन संरक्षणको लागि प्राथमिकताका साथ काम गर्दैआएको पनि उहाँको दाबी थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष रामजी बजगाईले पकेट क्षेत्र विस्तारबाट जडिबुटीको उत्पादन वृद्धि हुने र यसबाट स्थानीयको आय आर्जनमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले वन क्षेत्रको खाली जमिनमा स्थानीयको आय आर्जनमा मद्दत पुग्ने खालका वनस्पति लगाइनुपर्ने र त्यस्तो क्षेत्रलाई जनताको जीवन स्तर उकास्ने माध्यमको रुपमा पनि प्रयोग गरिनुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा बोल्दै निजगढ सब डिभिजन वन कार्यालय निजगढका प्रमुख निरज पोखरेलले वृक्षारोपण गरेर मात्रै नपुग्नेभन्दै विरुवा हुर्काउने कार्य सबैभन्दा जरुरी रहेको बताउनुभयो । ‘विरुवा रोप्नुभन्दा ठूलो कार्य हुर्काउनु हो, पोखरेलले भन्नुभयो, विरुवा हुर्काउन सकिएन भने उल्टै नोक्सानी बेहोर्नुपर्छ ।’वन समूहका अध्यक्ष पाण्डको अध्यक्षतामा भएको सो कार्यक्रममा वन समूहका पूर्वअध्यक्ष कर्णबहादुर लामा, समूहका पदाधिकारीहरु र उपभोक्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन समूहका उपाध्यक्ष दिपक श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply