नरेश गुप्ता
बरियारपुर – अबैध हातहतियार सहित बारागढी गाउँपालिका ३ सिपुरा बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बारा बाट खटेको प्रहरीको टोलिले बारागढी गाउपालिका ३ सिपुरा स्थित सडकखणडमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको सोही ठाउँ बस्ने बर्ष ३५ को मनोज राय नेटुवालाई पक्राउ गरिएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।
पक्राउ परेको नेटुवाको शरीर प्रहरीले खानतलासी गर्दा निजले आफ्नो शरीरको कम्मरमा लुकाई छिपाई राखेको अबैध हतियार नलकटुवा एक थान बरामद गरिएको थियो । हतियार सहित पक्राउ परेकोलाई हातहतियार शिर्षकमा मुदा दर्ता गरि समानित बारा जिल्ला अदालत बाट ७ दिनको म्याद थमाई थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।