रतनपुर,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा शुरु भएको वडा अध्यक्ष नकाउट दोश्रो फुटबल प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा एकेडेमी फुटबल क्लब विजयी भएको छ ।हेटौंडाले जनभियान बारागढीलाई ३-१ को अन्तरले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच हेटौंडा एकेडेमीको खेलाडी मिलन लामा घोषित हुनुभएको छ । लामालाई निजगढ नगरपालिका– ११ का वडा अध्यक्ष सहइया गुरोले १ हजार नगदसहित ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।“खेलकुदको उपलब्धि, अनुशासन, विकास र स्वस्थ्य जनशक्ति“ भन्ने नाराका साथ रतनपुर युनाइटेड फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको विजेताले एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।प्रतियोगिता अन्तर्गत शुक्रबार वीरगञ्ज युनाइटेड पर्सा र एभरेष्ट एकेडेमी सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।यसअघि प्रतियोगिताको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि निजगढ नगर प्रमुख सुरथ पुरीले व्यानर खोलेर गर्नुभएको थियो ।रतनपुर युनाइटेड क्लबका अध्यक्ष संतोष दनुवारको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धाटन समारोहमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, निजगढ वडा नम्बर ११ का वडा अध्यक्ष सहइया गुरो थारु, निजगढ वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेलगायतले खेलको महत्वको बारेमा मन्तव्य राखेका थिए ।उद्घाटन समारोहमा नेपाली कांग्रेस निजगढ नगर सभापती नवराज तिमल्सिना, नेकपा एमले नगर उपाध्यक्ष भोलाप्रसाद गौतमलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र समाजसेवीहरुको पनि सहभागी रहेको थियो ।कार्यक्रम सञ्चालन क्लबका सचिव उमेश गुरोले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here