अहिले प्रतिनिधि सभाको ठूलो पार्टी भनेको नेकपा एमाले हो । एमालेका वर्तमान अध्यक्ष केपी ओलीको विकल्पको विषयमा पनि पार्टीभित्र बहस भएको पाइन्छ तर एमालेको बिधान तथा नियम अध्यक्ष ओलीको अनेक तिकडमबाजीका कारण सो पार्टीभित्र तत्काल ओलीको विकल्प संभव होला जस्तो देखिदैन तर आम नागरिक र एमालेका नै केही कार्यकर्ताहरु भने ओलीको विकल्पको खोजीमा देखिन्छन् ।
एमालेमा विद्या भण्डारीलाई प्रदेश गराउने उद्देश्य पनि सफल नभएपछि हालका लागि ओली पार्टीमा निर्विकल्प जस्तो देखिनुभएको छ । नेपालका राजनीतिक दलमा एउटा विडम्बना के देखिएको छ भने, नागकिहरुले विकल्प खोज्छन् तर नेताहरु मान्दैनन् ।
काँग्रेसमा हेरौ, शेरबहादुर देउवाको विकल्प खोजी भएको पनि धेरै भयो । काँग्रेसमा विभिन्न गुट रहेकाले र देउवाले पनि अब आफू विश्राम लिने मनस्थितिमा पुगेको भनेकाले पनि कम्तीमा नेतृत्व परिवर्तन भए काँग्रेसमा चैं होला कि जस्तो देखिन्छ तैपनि यसमा भरोसा गरिहाल्ने अवस्था छैन ।
माओवादीको त कुरै नगरौं, प्रचण्ड नै एक मात्र विकल्प भनेर प्रचार गरेको देखिन्छ र तत्काल माओवादीमा नेतृत्व परिवर्तनको संभावना छैन । नेतृत्व परिवर्तन भनेको सोच, चिन्नत र व्यवहार कै परिवर्तन जनताले खोजेको हो । केवल नेतृत्व परिवर्तन मात्रै देशको आवश्यकता पनि होइन र कार्यकर्ताहरुको आवश्कयता पनि होइन । देशका लागि र जनताका लागि केही नयाँ दिनसक्ने नेतृत्व नागरिकहरुले खोजिरहेका छन् । वर्तमान ठूला भनिएका नेताहरुबाट चैं अब लगभग परिवर्तन त्यत्ति संभव छैन । उनीहरुको ढर्रामा परिवर्तन हुने पनि छैन त्यसैले अब कम्तीमा अलिक युवा चैं नेतृत्वमा आउन आवश्यक देखिन्छ  ।

Leave a Reply