पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सर्वसुलभ बचत तथा ऋण सहकारी र साना किसान कृषि सहकारीको साधारण सभा शुक्रवार सम्पन्न भएको छ ।जीतपुरसिमरा वडा नम्बर १८ को बडहर्वामा रहेको सर्वसुलभ बचत तथा ऋण सहकारी संस्थाको साधारण सभाले विमलराज भारतीको अध्यक्षतामा नयाँ संचालक समिति निर्विरोध चयन गरेको छ ।
बडहर्वामा सम्पन्न संस्थाको १४औं बार्षिक साधारणसभाले अध्यक्ष भारती सहितका आगामी चार वर्षेकार्यकालको लागि ९ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा जोखु राउत अहिर, सचिवमा श्यामचन्द्र प्रसाई, कोषाध्यक्षमा राजनकुमार पौडेल र सदस्यहरुमा सिता रिजाल देवकोटा, शिखा थापा बस्नेत, फुर्सागमाया लामा, ईश्वरीप्रसाद पौडेल र सुरेशबाबु राम छन् ।सभाले दिनेशराज गिरीको संयोजकत्वमा ३ सदस्य लेखा सुपरीवेक्षण समिति समेत गठन गरेको छ । समितिको सदस्यमा चिरन्जीवि ढुंगाना र राजकुमार साह चयन भएका छन् । यसअघि बार्षिक साधारणसभाको बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सतेन्द्र ठाकुरले उद्धाटन गर्नुभएको थियो । ९ सय ९२ जना शेयर सदस्य रहेको संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ८ करोड ९६ लाख रुपैंयाको कारोबारबाट गरेकोमा २८ लाख ४३ हजार मुनाफा रकमबाट सदस्यहरुलाई ९ दशमलव ५ प्रतिशतका दरले शेयर लाभाशं वितरण गर्ने निर्णय गरेको छ ।संस्थाले सभाको अवसरमा उत्कृष्ठ कारोबार गर्ने ३ जनालाई पुरस्कृत समेत गरेको थियो ।त्यसैगरी जीतपुरसिमरा वडा नम्बर १२ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड फत्तेपुरको २२औं वार्षिक साधारणसभा पनि शुक्रवार नै सम्पन्न भएको छ ।संस्था परिसरमा भएको सभाको जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले उद्धाटन गर्नुभएको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी संघ लिमिटेडका सचिव रामएकवाल चौधरी, नेरामावि फत्तेपुरका प्रधानअध्यापक अक्षय चौधरी, साना किसान सहकारी डुमरवानाका अध्यक्ष प्रदिप सिंह बराल, भोडहाका अध्यक्ष विन्दा सिंह राजपुत, राष्ट्रिय सहकारी बैंक शाखा सिमराका प्रमुख चन्द्रमणी भट्टराई, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका कार्यक्रम अधिकृत प्रकाश पाण्डे र पुष्पराज मैनाली लगायतले बोल्नु भएको थियो ।८३ जना पुरुष सहित २ हजार ५ सय सदस्य रहेको सहकारी संस्थाले आर्थिक वर्ष २०७९-०८० मा गरेको ९७ लाख ३९ हजार खुद मुनाफाबाट सदस्यहरुलाई १४ प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको छ ।संस्थाले वार्षिक साधारणसभाको अवसरमा उत्कृष्ठ कारोबार गर्ने २२ जना शेयर सदस्य र विद्यार्थी तथा जेष्ठ नागरिक समेत गरी २९ जनालाई सम्मान सहित पुरस्कृत गरेको थियो ।

Leave a Reply