वीरगञ्ज । २२ लाख हुण्डीको रकमसहित पर्साबाट दुइजना पक्राउ परेका छन् । पर्सा प्रहरीले २२ लाख हुण्डीको रकमसहित दुईजनालाई पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट हुण्डीको रकमसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनायो ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हुण्डीको रकमसहित दुईजनालाइ पक्राउ गरेको प्रहरीको भनाइ छ । बरामद रकमको स्रोतबारे अनुसन्धान भइरहेको पक्राउ परेकाहरुको नाम गोप्य राखिएको प्रहरी बताउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here