पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका– १९ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराको १६ औं बार्षिक साधारण सभा बिहिवार सम्पन्न भएको छ ।
संस्था परिशरमा आयोजित सभाको जीतपुरसिमरा उपमहानगरपाकिलाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथि समेत रहनुभएका पौडेलले सहकारी संस्थाहरुबीच एकिकरण आवश्यक भएको बताउनुभयो ।
‘आउनुहोस, छलफल गरौं, हाम्रो के सहयोग आवश्यक छ, भन्नुहोस, नगरप्रमुख पौडेलले भन्नुभयो, संस्थगाको संख्यात्मक भन्दा गुणात्मक विकास जरुरी छ ।’ सहकारीको प्रभावकारी कामको लागि एकीकरण गरेर अगाडि जानुपर्ने मेयर पौडेलले बताउनुभयो । ‘सहकारीले सामाजिक रुपान्तरणको अगुवाइ गर्नुपर्छ । स्वास्थ्य, शिक्षा, कृषिको रुपान्तरणका लागि काम गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
साधारण सभामा १ हजार ६३९ जना महिला सदस्य रहेको संस्थाले २१ करोड ४ लाख कारोबार रहेको संस्थाले ७३ लाख ९१ हजार मुनाफा गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा गरेको मुनाफाबाट १६ प्रतिशत लाभांश (बोनस) वितरण गर्ने सभाले निर्णय समेत गरेको छ ।
सभाबाट आगामी ४ बर्षे कार्यकालका लागि वर्तमान संचालक समिति अध्यक्ष संजिला खातुनको अध्यक्षतामा पुनः ९ सदस्यीय संचालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा तेतरी मण्डल, सदस्यहरुमा रिना साह, हसबुन खातुन, अमिता मण्डल, मोहनी चौधरी, कल्पना आचार्य, निर्मला राय र फुलमती देबी कुर्मीलाई निर्विरोध निर्वाचित गरिएको छ ।
साधारण सभाले अध्यक्ष संजिला खातुनको संस्थागत, दुर्गा ढकालको आन्तरिक लेखा परीक्षण प्रतिवेदन तथा मुख्य प्रवन्धक झपेन्द्र राज बरालको बार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र बजेट सुझावसहित पारित गरेको छ ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनी, सहकारी पत्रकार समाज बाराका अध्यक्ष पुष्पराज खतिवडा, जितपुरसिमरा १९ का अध्यक्ष दिपेन्द्रबहादुर क्षेत्री, साना किसान सहकारी संस्था डुमरवानाका अध्यक्ष बिश्वनाथ लामिछाने, मनहर्वा अध्यक्ष नयनकला खड्का, भोडहाका बिन्दा सिंह, फत्तेपुरका जयकिसुनप्रसाद चौधरी, सपही बाराकी अध्यक्ष अस्तुर्नी चौधरी लगायतको सहभागिता थियो ।
















