खासगरी जुवा खेल्ने क्रममा खेलाडीभन्दा बाहिरकाले आफूलाई परिहाल्छ कि भनेर कुनै एक दाऊमा पैसा राख्ने गर्दछन् र त्यहाँ परेको खण्डमा त्यहाँ थापिएको रकम बरावर पाउने गर्दछन् । जसलाई सामान्य भाषामा च्याँखे थाप्ने चलन भनिन्छ यद्यपि नेपालको सवालमा भने जुवा अवैद्य खेल को । कानुनतः यो बन्देज छ । तैपनि खेल हुन्छ । यस्तै च्याँखेको कुरा नेपालको राजनीतिक क्षेत्रमा समेत बेला बेलामा देखिन्छ ।

हालै सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभामा भने लगभग तेश्रो स्थानमा पुगेको नेकपा माओवादी केन्द्रले सत्ताको च्याँखे दाऊमा आफूले थाप्ने प्रयास गरेको छ । यसको चलखेल पनि शुरु भएको छ । च्याँखे थाप्न निकै खप्पिस मानिने यो पार्टीका अध्यक्ष प्रचण्डले अहिले यसका लागि तयारी गरिरहेका छन् र आफू प्रधानमन्त्री बन्ने दाउमा छन् ।

तर, यो सहज पनि छैन । हुन त प्रचण्डका लागि यो पाँच वर्ष अन्तिम नै हो । पाँच वर्षपछि उनी फेरि प्रधानमन्त्रीमा चयन हुने संभावना कम छ । अब उनको चुनावी जित हुने संभावना पनि कम छ त्यसैले पनि यो अन्तिम एक पटक च्याखे दाऊ थाप्ने सोचमा र रणनीतिमा प्रचण्ड देखिन्छन् । यो अर्थमा पनि उनले थाप्ने च्याखे कत्तिको प्रभावकारी होला त्यसका लागि भने समय कुर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here