निजगढ,पत्रिकामा सूचना प्रकाशित नगरी पोखरी ठेक्का लगाएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि केएस मल्टिप्रपोजका अध्यक्ष एवंम मधेस प्रदेश प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष कमलकुमार उपाध्यायले आफूमाथि अन्याय भएको बताउनुभएको छ ।
आयोगले विज्ञापन एजेन्सीमार्फत प्रक्रियासम्मत रुपमा काठमाण्डौंबाट प्रकाशन हुने प्रभाव दैनिक पत्रिकामा छापिएको विज्ञापनको बारेमा एजेन्सीको अध्यक्षको रुपमा आफूमाथि आधार र प्रमाण बिना नै मुद्दा दायर गरिएको र विशेष अदालतले न्याय दिने उहाँको भनाई छ । ‘मैले अख्तियार दुरुपयोग हुने र कुनै गैह्कानुनी कार्य गरेको छैन, उहाँले भन्नुभयो, अदालतले न्याय दिन्छ भन्ने विश्वास छ ।’ उहाँले अदालतमा हाजिर भएर आफूले चाडै नै मुद्दाको प्रतिवाद गर्ने पनि बताउनुभयो ।
बारा जिल्लाको पचरौता नगरपालिकामा तत्कालिन नगरप्रमुख रमेशकुमार यादवको कार्याकालमा आर्थिक वर्ष २०७७÷०७८ मा पालिकाको पोखरी ठेक्काको बोलपत्रको सूचना केएस मल्टिप्रपस प्रालि वीरगञ्जमार्फत प्रभाव दैनिकमा प्रकाशित गरिएको थियो । ‘कार्यदेश अनुसार पत्रिकामा सूचना प्रशाशित भएको र पत्रिकाबाट प्राप्त बिलको आधारमा एजेन्सीको रुपमा केएस मल्टिप्रपोजले पालिकाबाट भुक्तानी लिएको हो, उपाध्यायले भन्नुभयो, तर सोही विषयमा विज्ञापन नै नछापी भुक्तानी लिएको भनेर मुद्दा दर्ता गर्नु न्यायसंगत छैन ।’
पोखरी ठेक्काको विषयमा सार्वजनिक ऐनलाई छलेर विज्ञापन प्रकाशित नगरी आर्थिक अनियमिता गरेको उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखापाल मियाँले नगरपालिकाबाट आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन भएका ठेक्काहरूको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐन बमोजिम राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा त्यसो नगरी झुटा विवरणसहितको आधारमा ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी दिएको खुल्न आएकोभन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवसहित तीनजनाविरुद्ध मंगलवार भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेल दाबी गर्नभएको छ ।यस्तै सो विज्ञापनको आधारमा भएको ठेक्काहरूको बोलपत्र आह्वानको बारेमा भने केही जानकारी गराएको छैन ।


















