काठमाडौं,नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ ।मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेलगत्तै माओवादीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।माओवादी केन्द्र संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको दलका नेता भरतकुमार साहले जानकारी दिनुभयो ।मन्त्रालय भागबण्डाका लागि सोमवार बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।मुख्यमन्त्री यादवले मंगलवार कांग्रेसका कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्री र वीरेन्द्रकुमार सिंहलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।यसैगरी एकीकृत समाजवादीका गोविन्द न्यौपाने पनि मन्त्री नियुक्त हुनुभएको छ । तर उहाँको मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।

Leave a Reply