निजगढ,निजगढ– ९ देउराली पथस्थित समुदायिमा आधारित निजगढ सामुदायिक अस्पतालको आगालागीमा भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ । अस्पताल परिसरमा बिहीवार विहान व्यवस्थापन समितिका अध्यक्ष माधव न्यौपानेले स्थानीय सञ्चारकर्मीमाझ आगलागीको कारण र क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो ।लक्ष्मी पूजाको साँझ अस्पतालको ल्याब कक्षमा विद्युत सर्ट भएको कारण आगलागी भएको जानकारी दिदै अध्यक्ष न्यौपानले २९ लाख बढीको क्षति भएको बताउनुभयो ।अस्पतालले ल्याब पूर्णरुपमा क्षति भएपनि वैकल्पिक रुपमा सेवा भने सञ्चालन गरिरहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । यस्तै ल्याबमा भएको आगलागीबाट ल्याबका उपकरण तथा केमिकल नष्ट भएपछि नयाँ ल्याब स्थापना गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ल्याब स्थापनाका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारसंग माग गर्ने विषयमा बिहीवार अस्पताल व्यवस्थापनले सर्वपक्षिय छलफलको समेत आयोजना गरेको थियो ।

Leave a Reply