हेटौंडा । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरको अध्यक्षमा शारदा चौलागाई निर्बिरोध निर्वाचित हुनुभएको छ । शुक्रबार संस्थाको हेटौंडा ११ स्थित कार्यालयमा सम्पन्न भएको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले शारदा चौलागाईको अध्यक्षतामा नौं सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा शान्ता बिक,सचिवमा कल्पना सुवेदी तथा कोषाध्यक्षमा निर्मला पौडेल निर्बिरोध निर्वाचित हुनुभएको निर्वान अधिकृत अप्सरा बस्नेतले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा देव कुमारी बस्नेत,जुनकिरी पुडासैनी,सरला बानियाँ,जयन्ती कार्की र अन्जु मुडभरी निर्वाचित हुनुभएको छ । यसअघि उद्घाटन सत्र भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । शान्ता बिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शारदा चौलागाईले गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ की वडा सदस्य रंजिता शिलवाल,मानव अधिकारका लागि महिला एकल महिला समूह बागमती प्रदेशकी सदीय देवकी पौडेल, संस्थाकी सल्लाहकार निलम देवकोटा, निबर्तमान अध्यक्ष टीका पौडेल,मानव अधिकार आयोगकी लक्ष्मी पौडेल,बद्री अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए भने स्वागत निर्मला पौडेलले गर्नु भएको थियो ।



















