निजगढ,लायन्स क्लब अफ निजगढ युथले नयाँ कार्यसमिति गठन गरेको छ । सोमवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो ।बैठकबाट प्रेसिडेन्टमा ग्लोबल आईएमई बैंक निजगढ शाखाका प्रबन्धक समेत रहनुभएका अविनास सापकोटा क्लबको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनुभएको हो ।यस्तै पहिलो भिपीमा राजाकुमार श्रेष्ठ चयन हुनुभएको छ भने दोस्रो भिपीमा भाईकजी श्रेष्ठ र तेश्रो भिपीमा जगतबहादुर न्यौपाने पनि सर्वसम्मत चयन भएका हुन ।
क्लबको सेक्रेटरीमा प्रमोद न्यौपाने र ट्रेजरमा अजित कोइराला (इराज) कोइराला चयन हुनुभएको छ ।बैठकमा लायन्स क्लब अफ निजगढ युथका पूर्वप्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । नव निर्वाचित कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरु हुने लायन्स क्लब अफ निजगढ युथको प्रेसिडेन्ट सुदर्शन दंगालले जानकारी दिनुभयो ।

Leave a Reply