रौतहट,चन्द्रनिगाहपुरका सञ्चारकर्मी फणी महत विगत दुई वर्षदेखि टाउकोमा ट्युमरको समस्याबाट पीडित हुनुहुन्छ । उहाँ प्रेस चौतारी नेपालका मधेस प्रदेश अध्यक्ष, काठमाण्डौंबाट प्रशाशित हुने अन्नपूर्ण पोस्टका रौतहट संवाददाता र चन्द्रनिगाहपुरमा रहेको रेडियो सुप्रीमका सञ्चालक हुनुहुन्छ ।

काठमाण्डौ र दिल्लीमा गरिएको ब्रेन ट्युमरको उपचारमा ५० लाखभन्दा बढी खर्च भइसकेको छ, तर महत पूर्णरूपमा स्वस्थ हुनसक्नुभएको छैन । चिकित्सकहरुको सिफारिस अनुसार उहाँको थप उपचारका लागि तुरुन्तै भारतको दिल्ली जानुपर्ने अवस्था छ ।उपचारमा लागेको ठूलो आर्थिक भारका कारण महत अहिले आर्थिक संकटमा हुनुहुन्छ । यस अवस्थामा, उहाँको उपचारका लागि तत्काल १५ लाखभन्दा बढी रकम आवश्यक भएको हुँदा सहयोगको लागि उहाँले शुभचिन्तकहरुसंग अपिल गर्नुभएको छ ।सबै शुभचिन्तक तथा साथीहरूलाई क्यूआर कोडमार्फत आफूले सक्ने आर्थिक सहयोग गरिदिन तथा महतको उपचारका लागि सहयोग जुटाइदिन आग्रह गरिएको छ ।

Leave a Reply