कृष्ण मोहन साह

सेढवा,सर्पको डसाईबाट पर्सामा एक जना पुरुषको मुत्यु भएको छ । मृत्यु हुनेमा पर्साको जीराभवानी गाउँपालिका वडा नं १ पिपराका ५० वर्षिय सत्यनारायण साह रहेका छन । बुधवार साँझ ५ बजे खेतमा काम गर्ने क्रममा साहलाई सर्पले डसेको थियो ।सर्पको डसाईबाट घाइते भएका साहलाई उपचारको लागि सर्पदश उपचार केन्द्र ठोरीमा भर्ना गरिएको थियो । साहको उपचारकै क्रममा राति १० बजे मृत्यु भएको मृतकका छोरा उमाशन्कर साहले जनाउनुभएको छ ।मृतक साह वनशिक्त प्राथमिक विद्यायल काठमाण्डौँ टोल विद्यालय व्यवस्थापन समितिका सदस्य थिए । उनको शोकमा बिहीवार विद्यालयमा सार्वजनिक बिदा दिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मोहन साहले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here