वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकामा लागु औषधको खुल्याम बिक्री वितरण भइरहेको छ ।कालिकामाई गाउँपालिकाको ५ वटा वडाको प्रत्येक गाउँमा अवस्थित रहेको किराना पसल तथा पान सुपारी भण्डारको पसलमा खुल्याम लागू औषध गाँजाको सानो पकेट पुडियाको बिक्री वितरण भइरहेको छ ।

यसरी खुल्याम बिक्री वितरण भइरहेको लागु औषध गाँजाका कारण २० वर्ष मुनिका ९० % युवा विद्यार्थीहरुले लागु औषध गाँजालाई चुरोट , चिलम् र हुक्का मार्फत नशाको रूपमा तान्ने गरेका छन् । यसरी कालिकामाइ गाउँपालिकाका सम्पूर्ण युवाहरु कुलतका शिकार बन्दै गएका छन् भने स्थानिय प्रहरी मुक दर्शक बनेका छन् ।

लागू औषध गाँजाको खुल्याम बिक्री वितरण सँगै कालिकामाई गाउँपालिकामा अवैध मदिरा भट्टी पनि निर्बाध रुपमा संचालन भएका छन् ।

यस्ता अवैध क्रियाकलापहरुको दिन प्रतिदिन घट्नुको सट्टा दिन प्रतिदिन बढ्दै जानुले प्रहरीको मिलोमतो हुन्न सक्ने स्थानीय बसीहरुमा शंका उत्पन्न हुन थालेको छ भने यस्ता गतिविधिमा स्थानिय प्रहरी प्रशासनको पनि संग्लनता रहेको जगजाहिर छ ।

Leave a Reply