सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेव खरेलमाथि दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले स्थानीय विकल्प भट्टराईलाई नियन्त्रणमा लिएको छ ।वडा अध्यक्ष खरेललाई घरमै पुगेर दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले जीतपुरसिमरा १६ का भट्टराईलाई नियन्त्रणमा लिएको हो । हलखोरिया साझेदारी वन समितिका अध्यक्ष समेत रहेका भट्टराई हाल जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छन् ।

एक दम्पतिको कानुन विपरित विवाह दर्ता र सम्बन्ध विच्छेद गरिएको भन्दै स्थानीय प्रशासनले उनका दाइ झलकनाथमाथि अनुसन्धान थालेपछि भट्टराईले घरमै आएर आफूलाई वडा अध्यक्ष खरेललाई अभद्र व्यवहार गरेका थिए । वडा अध्यक्ष खरेलले दिएको जाहेरीको आधारमा प्रहरीले भट्टराईलाई नियन्त्रणमा हो ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले वडा अध्यक्षमाथि अभद्र व्यवहार गरेको देखिएपछि भट्टराईलाई नियन्त्रणमा लिइएको बताउनुभयो । मकवानपुर मनहरी गाउँपालिका घर भई हाल जीतपुरसिमरा उपमहानगरपालिका १६ मा अस्थायी बसोबास गर्ने युवती र कलैया उपमहानगरपालिका १६ घर भएका युवकको विवाह दर्ता कानुन विपरित जीतपुरसिमरा वडा नम्बर ४ को कार्यालयमा गरिएको विषयलाई लिएर भट्टराईका दाइ झलकनाथमाथि जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान थालेको थियो । झलकनाथ जीतपुरसिमरा ४ का वडा सचिव हुन् ।

कानुन विपरित गरिएको उक्त विवाह दर्तामाथि जिल्ला प्रशासनले अनुसन्धान थालेपछि भट्टराईले उक्त आक्रोश वडा अध्यक्ष खरेलमाथि पोखेका थिए । आफ्नो दाइलाई अनुसन्धानको दायरामा ल्याउन भूमिका खेलेको भन्दै भट्टराईले वडा अध्यक्षमाथि अभद्र व्यवहार गरेको देखिन आएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताउनुभएको छ ।
‘मकवानपुरकी युवती र कलैयाका युवकबीचको विवाह दर्ता असम्बन्धित वडा जीतपुरसिमरा ४ मा भएको देखिन्छ । जुन विवाह दर्ता कानुन विपरित छ’ प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, ‘उक्त विषयमा उजुरी आएपछि हामीले अनुसन्धान गरिरहेका थियौ । सोही विषयलाई लिएर वडा सचिवका भाइ आक्रोशित भएर वडा अध्यक्षमाथि अभद्र रुपमा प्रस्तुत भएको जानकारी पाएपछि आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।’प्रमुख जिल्ला अधिकारी अधिकारीले आर्थिक लेनदेनका लागि उक्त विवाह दर्ता भएको देखिन आएकाले अनुसन्धान भईरहेको बताउनुभयो । वडा सचिव झलकनाथले समेत आफूले विवाह दर्ता गरिदिएको प्रशासनसमक्ष स्वीकार गरिसकेको प्रमुख जिल्ला अधिकारीको भनाई छ

Leave a Reply