वीरगन्ज,राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखेकाले मार्ग प्रशस्त गर्दै नयाँ सरकार गठनका लागि आह्वान गर्न अनुरोध गरेकाले प्रतिनिधि सभा सदस्यलाई राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा (५) अनुसार प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न समय दिनुभएको हो । यसका लागि राष्ट्रपति भण्डारीले जेठ ७ गते बेलुकी पाँच बजेसम्म (२१ घण्टाका लागि) को समय दिनुभएको छ । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको प्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेसका सहमहामन्त्री तथा प्रवक्ता डाक्टर प्रकासशरण महतले राष्ट्रपतिले चालेको कदम असंवैधानिक भएको बताउनुभएको छ । महतले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनु असंवैधानिक हुने बताउनुभयो । ‘राष्ट्रपतिको यो काम संविधानको मर्म विपरित छ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्दैन भन्ने लागेका राजीनामा दिनुपर्दथ्यो’ महतले भन्ुभयो, ‘नत विश्वासको मत लिने, न त राजीनामा दिने यो त विल्कुल गलत मनसायले कदम चाल्ने काम भयो ।’

नेता महतले एक दिनमै बहुमत पु¥याउने दाबी पेश गर्न भन्नु कुनैपनि हिसावले जायज नभएको बताउनुभयो । ‘यस्तो महामारीको बेला सांसदहरु जिल्लातिर छन्, कता छन् अनि एक दिनमै कसरी कसरी बहुमत जुटाउन सकिन्छ ?’ महतले प्रश्न गर्नुभयो ।

राष्ट्रपति कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै दलहरूलाई शुक्रबार साँझ ५ बजेसम्म बहुमत पुग्ने आधार प्रस्तुत गर्दै प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनसक्ने नदेखेपछि बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

Leave a Reply