वीरगन्ज – भारत भ्रमणमा जाने नेपाल पत्रकार महासघ प्रदेश नम्बर २ का पदाधिकारीहरुलाई वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले विदायी गर्नुभएको छ । नगर प्रमुख सरावगीको कार्यकक्षमा नगर प्रमुख सरावगीले अबिर ,माला लगाएर भ्रमण सफलताको शुभकामना व्यक्त गर्दै विदायी गर्नुभएको हो । विदायी कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिका स्थानिय संचार माध्यम तथा संचारकर्मिहरुको उथ्थान र विकासमा सधै साकारात्मक रहेको बताउदै उहाले पत्रकारिताको विकासको लागी भ्रमण भलदायी हुने आशा व्यक्त गर्नुभयो ।
नगर प्रमुख सारवगीले भारतको हाइटेक सिटिको रुपमा स्थापित रहेको हैदराबादको भ्रमणले त्यहाको पत्रकारितामा भएको आधुनिकिकरण,प्राविधिक विकास र इलेक्टोनिक्स प्रविधिको विकासको बारे भ्रमणमा जानलागेका पदाधिकारीहरुले हासिल गरेको अनुभवबाट प्रदेश नम्बर २को पत्रकारितामा सहयोग पुगने आशा व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासघ पदेश नम्बर २का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा सम्पन्न भएको विदायी कार्यक्रममा वीरगन्ज महानगरपालिकाका सदभावना दुत अशोक वैद्य,नगर प्रमुखका प्रेस सल्लाहकार गोविन्द देवकोटा लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
नेपाल तथा भारतका हाइटेक सिटि हैदरावादको प्रेसको अवस्था बारे अनुभव साटासाट, प्राविधिको विकासको अध्यन र त्यसको प्रयोगको बातावरण लगायतका विषयमा भारत भ्रमण नेपाल प्रत्रकार महासघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिक्षाने, सचिव आर एस विश्वास, सचिव गुरु प्रसाद गौतम, कोषाध्यक्ष प्रविण साह , सदस्यहरु ललिता साह, जीतलाल श्रेष्ठ, अजय साह, केन्द्रिय सदस्यहरु शैलेन्द्र झा, अवधेस झा , देवेन्द्र कुमार यादव लगायतका पदाधिकारीहरु रहेका छन् ।