निजगढ,उमेर हदका कारण अनिवार्य अवकासमा परेका र स्वच्छिक अवकास लिने निजगढ नगरपालिकाका तीनजना कर्मचारीहरूको बुधवार एक कार्यक्रमबीच कार्यालयबाट बिदाई गरिएको छ ।नगरपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा अनिवार्य तथा स्वेच्छिक अवकाशमार्फत सेवा निवृत्त भएका विष्णुलाल श्रेष्ठ, बाबुराम दाहाल र दिपा ढकालको बिदाई गरिएको हो ।नगरप्रमुख सुरथ पुरीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्याल, लेखा अधिकृत शिवप्रसाद देवकोटा, वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाललगायत विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पुरीले नगरको प्रशासनिक र विकास प्रक्रियामा विष्णुलाल श्रेष्ठ र बाबुराम दाहालले पु¥याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘नगरको सेवा र समृद्धिको आधार निर्माणमा उहाँहरूको भूमिकालाई नगरले कहिल्यै बिर्सने छैन । अवकाश प्राप्तपछि पनि जीवन सुख, शान्ति र स्वास्थ्यपूर्ण होस् भन्ने कामना गर्दछु ।’

त्यसैगरी, स्वेच्छिक अवकाश लिई नगरपालिकाको सेवा परित्याग गर्नुभएकी श्रीमती दिपा ढकालको भावि जीवनमा पनि सफलताको लागि नगरप्रमुख पुरीले कामना गर्नुभएको थियो । ‘उहाँले विदेशबाट प्राप्त ज्ञान, सीप र अनुभव भविष्यमा नगर र राष्ट्रको सेवामा फर्काउने अवसर पाउन सकून् भन्ने शुभेच्छा छ,’ पुरीले भन्नुभयो । कार्यक्रममा बिदाइ पाउने कर्मचारीहरूलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply