नरेश गुप्ता

बरियारपुर,बारा क्षेत्र नम्बर ३ काका प्रतिनिधिसभा सद्स्य रामबाबुकुमार यादवले ब्यायमले शारीरिक, मानसिक र वौद्धिक विकासमा मद्दत गर्ने बताउनु भएको छ । जिल्लाको फेटा गाउँपालिकाको आर्थिक सहयोगमा बौधिमाई युवा क्लबको आयोजनामा फिट्नेस क्लबको सोमबार उद्धघाटन गर्दै यादवले यस्तो बताउनुभएको हो । फेटा गाउँपालिका वडा नम्बर ३ मा स्थापना भएको फिटनेस क्लबको प्रमुख अतिथिसमेत रहनु भएका प्रतिनिधिसभा सदस्य यादवले देशको विकासमा खेलकुद र शारीरिक ब्यायमको धेरै ठूलो भूमिका रहेको बताउनुभयो । ब्यायमले शारीरिक, मानसिक र वौद्धिक विकासमा सकारात्मक प्रभाव पर्ने उहाँले बताउनुभयो ।

बौधिमाई युवा क्लबका अध्यक्ष दामोदरप्रसाद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सद्स्य प्रमोद गुप्ता, प्रदेशसभा सद्स्य पारस साह, फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलाल साह, जनता समाजवादी पार्टी बाराका अध्यक्ष अजय पटेल लगायतले फिटनेस क्लबको स्थापनापछि यस क्षेत्रका युवाहरूको शारीरिक विकासको साथै मानसिक विकासमा पनि मद्दत पुग्ने बताउनुभयो ।

Leave a Reply