रौतहट । रौतहटको नेपाल–भारत सीमा क्षेत्रबाट सुरक्षाकर्मीले पेस्तोलमा प्रयोग हुने ९ एमएमका २७ थान गोली बरामद गरेका छन्।

गौर नगरपालिका–१ कानुपट्टीस्थित सीमा क्षेत्रमा मंगलबार गस्ती गर्ने क्रममा सशस्त्र प्रहरी र भन्सार सुरक्षा टोलीले गोली बरामद गरेको हो।

गस्तीमा रहेका सुरक्षाकर्मीलाई देखेपछि एक युवक झोला फालेर फरार भएका थिए। उक्त झोला जाँच गर्दा ९ एमएमका २७ थान गोली फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए।

बरामद गोली कसले र कुन प्रयोजनका लागि ल्याएको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply