आरके चौधरी
सखुवाप्रसौनी,पर्साको ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीमा रक्तदान कार्यक्रम आयोजना भएको छ ।
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक कमल शाहको प्रमुख अतिथित्वमा सम्पन्न भएको हो ।कार्यक्रममा रत्तदान गर्ने तीन सय जना मध्ये १२ महिला र २ सय ८८ जना पुरुष रहेका थिए । रक्तदातालाई जगरनाथपुर गाउँपालिकाद्वारा उपलब्ध गराईएको प्रमाणपत्र र विनसिटर प्रहरी उपरीक्षक कमल शाहले हस्तान्तरण गर्नु भएको थियो । त्यसैगरी ईलाका प्रहरी कार्यलय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीले सम्मान पत्र वितरण गर्नु भएको थियो ।

Leave a Reply