जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियम लेन तथा सवारी व्यवस्थापन कार्यको थालनी गरिएको छ ।अस्थायी ट्राफिक पोस्ट जीतपुरको सहयोगमा शनिवारदेखि सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक नियम लेन तथा सवारी व्यवस्थापन कार्यको थालनी गरिएको हो ।

सम्भावित सवारी दुर्घटनालाई न्यूनीकरण गर्नको लागि ट्राफिक प्रहरीले अहिले जीतपुरमा एकातर्फको फूटपाथलाई व्यवस्थित बनाउनमा लागेको छ । दुर्घटनालाई न्यूनीकरण गर्नको लागि साना सवारीहरु म्याजिक, सिटि राईड, टेम्पुलगयतलाई मुख्य सडकको साईडमा पार्किङ्ग गर्ने व्यवस्था ट्राफिक प्रहरीले मिलाएको छ ।अस्थायी ट्राफिक पोस्ट जीतपुरका प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताउनुभयो । उहाँले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गर्नुभयो ।

नेकपा एमालेबाट मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता लगायतले चालकहरुसंग ओभर स्पीड जथाभावी पार्किङ्ग र ट्राफिक नियम पालन गर्न आग्रह गर्नुभएको थियो ।

Leave a Reply