सिमरा,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।बुधवार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय सिमरा मातहत रहेको प्रहरी चौकी पथलैयाबाट प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको बस चेकजाँच गर्ने क्रममा सर्लाहीका एक व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्ला सर्लाही, बिसनपुर गाउँपालिका वडा नम्बर ३ बस्ने ५२ वर्षीय बिगु चौधरीका छोरा बिरेन्द्र चौधरी रहेका छन् । उनको साथबाट कालो ह्यान्डब्यागमा लुकाई छिपाई ल्याइएको ७.४७० किलोग्राम (सात किलो चार सय सत्तरी ग्राम) लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।














