रौतहट,रौतहटको माधवनारायण नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दर्जन भन्दा व्यक्ति घाईते भएका छन् ।

नगरपालिकाको वडा नम्बर ४ मानपुर बिसुनपुर्वामा विद्यार्थी भर्नाको विषयलाई लिएर वडाध्यक्ष पक्ष र प्रअ राजेश यादव समर्थक दुई पक्षबीच झडप भएको बुझिएको हो । वडाध्यक्ष रामदेनी मुखियाका छोरा रामतलेवर मुखियाले बलजबर्जस्ती विद्यार्थी भर्ना गर्न दबाब दिएपछि दुई पक्षबीच शुरु भएको भनाभनले उग्ररूप लिएपछि झडपमा परिणत भएको हो ।

श्रीमावि बिसुनपुर्वामा विद्यार्थी भर्नाका लागि गत असार महिनामा भर्ना सम्बन्धि सूचना आह्वान गरिएको थियो । अन्तिम दिन आएर वडा अध्यक्षका छोरा रामतलेवरले सयौं विद्यार्थीहरूलाई जबरजस्ति भर्ना गर्न दवाव दिएपछि विवाद उत्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक यादवले विद्यार्थी र अभिभावकलाई बोलाएर उनीहरुले अनुरोध गरेमा भर्ना गरिदिने बताउनुभएको थियो । तर त्यस्तो नगरेर जबरजस्ति विद्यार्थी भर्ना गर्न दबाब दिदै प्रअ यादवमाथि हातपात गर्न थालेपछि झडप भएको हो । झडपमा दुबै पक्षका एकदर्जन भन्दा बढी घाइते बनेका छन ।

घाईते मध्ये प्रधानाध्यापक यादव पक्षका पारस भण्डारी, नरेश पासवान, तपेशर भगत, लक्ष्मण भगतको उपचार रौतहट ग्राण्डी हस्पिटल गरूडा झाँझपुलमा भईरहेको छ भने वडाध्यक्ष समर्थक घाईतेहरूको अनामिका हस्पिटल गरूडामा उपचार भइरहेके प्रहरीले जनाएको हो । झडपमा २१ वर्षिय गर्भवती महिला ममता भण्डारी घाईते भएकी छिन् । घटनाको बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरले जनाएको छ ।

Leave a Reply