अस्पताल अति संवेदनशील स्थल हो । बिरामी रहने अस्पताल जति संवेदनशील छ, उत्ति नै यसको सुधार पनि आवश्यक छ । सरकारी अस्पतालहरुका विषयमा धेरै बहस हुन्छ, डाक्टरमाथि कुटपिटसम्म हुने गरेको घटना पनि देखिएका छन । तर पनि अस्पतालहरुमा सुधार भएको पाइदैन । त्यसो त हातपात गरिनुु यसै पनि गलत कार्य नै हो । सरकारले कानुन कडा बनाएको भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा बेथितिको पाटो पनि एकदमै बढेको देखिन्छ ।जुनसुकै सरकार तहको माताहातमा रहे पनि अस्पताल भनेको संवेदनशील स्थन नै हो । यसको सुधारका लागि सरकारहरुले बनाएको नीति मात्रै कार्यान्वयन भए पनि पुग्छ । मंगलवार मात्रै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाराको निजगढमा रहेको एउटा सामुदायिक अस्पतालको निरीक्षण गर्नुभएको छ । अस्पतालको निरीक्षण गर्दा पक्कै पनि उहाँले केही देख्नु पनि भयो होला नै । हुन त ठूला व्यक्ति आउदा नेपालमा बेथितिहरु लुकाउने प्रयास गरिन्छ । यद्यपि जति लुकाए पनि मुख्यमन्त्री आफैले पनि देखिने कुरा अस्पतालमा छदै थिए होलान नि ।सवाल निजगढको अस्पतालको मात्र होइन, अन्यमा पनि उस्तै अवस्था छ । मधेस प्रदेशमा रहेका सरकारी अस्पतालहरुको अवस्था नाजुक नै छ । केहीमा सुधार होला, केहीले राम्रो पनि गरेका होलान् तर समग्रमा त अस्पतालको अवस्था उस्तै छ ।निजगढ अस्पताल आगलागीका कारण यसै पनि समस्यामा छ । त्यसमा त पक्कै केही होला मुख्यमन्त्री नै आएपछि तर समग्र अस्पतालको सुधार होस् यो चैं मुख्य कुरा हो ।