काठमाण्डौ – आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा ओमानले विजयी शुरुवात गरेको छ । सोमवार भएको खेलमा ओमानले मलेसियालाई ३२ रनले हरायो ।ओमानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रनमात्र बनाउन सक्यो । मलेसियाका वीरनदीप सिंहले ५७ रन बनाए । बलिङतर्फ ओमानका बिलाल खान र जेशान मकसूदले समान २ विकेट लिए ।यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । ओमानका कप्तान जेशान मकसूदले नटआउट ५६ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।यस्तै सोमवार भएको अर्काे खेलमा हङकङले कुवेतलाई १६ रनले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।हङकङले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रनमात्र बनाउन सक्यो । ओमानका कप्तान मोहम्मद असलामले ५२ रन बनाए । बलिङतर्फ हङकङका अजिज खानले ३ विकेट लिए ।यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनायो । हङकङका मार्टिन कोट्जीले ८१ रन बनाए । बलिङतर्फ ओमानका सइद मुनिबले २ विकेट लिए ।यसअघि भएका खेलमा नेपालले सिङ्गापुरलाई र यूएईले बहराइनलाई हरायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here