निजगढ,निजगढ प्रहरीले १ करोड ३२ लाख बिगो भएको बैकिङ कसुर मुद्दाका फरार एकजना प्रतिवादीलाई निजगढको र्सिंगौलबाट आइतवार नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका वडा नम्बर ७ घर भइ हाल वडा नम्बर १ सिंगौलमा बस्दैआएका अग्निप्रसादका छोरा अन्दाजी वर्ष ४३ का भरत चौलागाईलाई आइतवार बिहान ८ः३० बजेको समयमा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा खटिएको प्रहरी टोलीले चौलागाईलाई सिंगौलबाट पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेका चौलागाईलाई आइतवार नै प्रहरी कर्मचारीको जिम्मा लगाएर सिमरा एर्पोटबाट प्लेनमार्फत काठमाण्डौ प्रहरी परिसरमा बुझाइएको पनि जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बैकिङ कसुर मुद्दामा काठमण्डौ जिल्ला अदालत बबरमहलबाट यही असार १८ गते बैकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएपछि चौलागाई लुकिछिपी बस्दैआएका थिए ।















