कलैया,बाराको प्रसौनी गाउँपालिका ६ स्थित किरण वेभरेज प्रालि पानी उद्योगका प्रवन्धक रामकिशोर सिंहको घाँटी रेटेर हत्या भएको छ ।सर्लाही धनकौल गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय सिंहको उद्योग नजिकै अज बिहान शव फेला परेको हो ।
उद्योगदेखि ५० मिटर उत्तरतर्फ धारिलो हतियारले रेटेर हत्या गरिएको अवस्थामा सिंहको शव फेला परेको हो । प्रहरीले सिंहको शव शल्यपरीक्षणका लागि कलैया अस्पताल पठाएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एव्म प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभएको छ । सिंहको हत्याको कारण भने खुल्न सकेको छैन ।प्रहरीले प्रदेश कार्यालय जनकपुरबाट कुकुर ल्याएर हत्या गर्नेको पहिचान खोज्ने प्रयास गरिरहेको बताएको छ । झाडीमा छोपेको अवस्थामा सिंहको शव भेटिएको थियो तर उनले प्रयोग गर्ने मोबाइल भने भेटिएको छैन ।
उद्योगभित्र जडान गरिएको सिसिटीभी क्यामरा समेत फुटाइएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।
प्रवन्धक सिंह उद्योगमै बस्ने गरेका थिए ।



















