कलैया,डा. सिके राउत नेतृत्वको जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दीपक साहमाथि बारामा पार्टी कार्यकर्ताहरु आइतवार कालोमोसो छ्यापेका छन् ।पार्टीको ‘जनसंवाद यात्रा’ को क्रममा बारा जिल्लाको महागढीमाई नगरपालिका– ३ दहियारचोकमा बिहान ११ बजे जनमतका केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उहाँमाथि कालोमोसो छ्यापिएको हो ।

निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा शुक्रवारदेखि जनमतको नेतृत्वबाट असन्तुष्ट पक्षले रौतहटबाट जनसंवाद यात्रा सुरु गरेका थिए । सोही यात्रामा रहेको बेला पार्टी अध्यक्ष डा. सिके राउतको निर्देशनमा सिंहले आफूमाथि मोसो छ्यापेको साहको आरोप छ ।‘जन संवाद यात्राको क्रममा खाना खाएर निस्केको थिएँ । सोही क्रममा अध्यक्ष राउतका निकट विकास सिंहको नेतृत्वमा ममाथि कालोमोसो छ्यापियो’, उहाँले भन्नुभयो, ‘हामीले संवाद यात्रा थालेपछि बाहिरी ननिस्किन निरन्तर अध्यक्ष निकटबाट धम्की आइरहेको थियो ।’

पार्टीमा डा. राउतले परिवारवाद लाद्न खोजेको र स्वतन्त्र मधेस गठबन्धकै बेलादेखि संघर्ष गरेर पार्टीलाई यो स्थानमा पु¥याउनेलाई अघि बढ्न नदिन विभिन्न बहानमा अनुशासनको कारबाही तथा फसाउने काम गरिरहेको संवाद यात्रा थाल्ने पक्षधरहरुको ठहर छ ।निलम्बित कोषाध्यक्ष ई. सुरेन्द्रनारायण यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारको अगुवाइमा पार्टी र पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो र सुदृढ बनाउन अन्तरसंघर्षको रुपमा ‘जनसम्वाद यात्रा’ रौतहतबाट सुरु गरिएको थियो ।जनमतका केन्द्रीय सदस्य विपी साहले मोसो छ्याप्नु राजनीतिक तथा लोकतान्त्रिक चरित्र नभएको बताउनुभएको छ । उहाँले यस बारेमा पार्टीभित्र छानबिन हुनुपर्ने पनि माग गर्नुभएको छ ।

Leave a Reply