सोमवार भारतको अयोध्यामा भगवान रामको मन्दिरको प्राण प्रतिष्ठा हुदै गर्दा मधेस प्रदेशमा सार्वजनिक बिदा होला कि भन्ने सबैलाई लागेको थियो तर बिदा चैं भएन । यद्यपि राम मन्दिरको उल्लास भने मधेसका सबै जिल्लामा देखिएको थियो ।
अयोध्यामा भारतका प्रधानमन्त्रीले राम मन्दिरको प्राण प्रतिष्ठा गरिरहँदा नेपालमा वीरगञ्ज सहित मधेसका केही स्थानमा भने यस्तै खालका क्रियाकलाप पनि भए । भगवान राम र नेपालको अझै मधेसको सम्बन्ध निकै पुुरानो भएको तर्क पनि आउने गर्दछ । रामले जनकपुरका राजा जनककी छोरी सीताको विवाह गरेकाले पनि राम अनि मधेसको सम्बन्ध यसै पनि रहन गएको हो ।यो हिसावले पनि भारतमा भगवान रामको प्राण प्रतिष्ठा गरिरहँदा मधेसमा रौनक बढेको हो । त्यसो त नेपाल र भारत धेरै विषयमा समान पनि छ । अहिले पनि नेपाल र भारतको सीमा क्षेत्रमा विवाहवारी गर्ने चलन छदैछ । यो हिसावले पनि नेपाल र भारतको सम्बन्ध अहिले पनि बलियो र हिजो भगवानका पालादेखि नै विवाहवारीको चलन रहेको कुरा त स्वयम् भगवान रामले नै पुष्टि गरेको देखिन्छ ।राम हिन्दूहरुको लागि आदर्श पुरुष र देउता हुन् । सबैले उनलाई मान्नु नै पर्छ भन्ने त छैन तर धार्मिक भावले पनि कयौं अवस्थामा एक अर्कालाई फाइदा पुग्ने गर्दछ र नेपाल र भारतको सम्बन्ध बलियो हुनुमा भगवान रामको पनि हात छ तर धर्मलाई अतिरञ्जित गरेर अर्को धर्मको अपमान गर्नु पनि राम्रो होइन ।
भारतको अयोध्यमा सोमवार रामको मन्दिर त स्थापना भयो तर त्यही स्थानमा मुस्लिम धर्मालम्बीहरुको मस्जिद पनि भत्काइएको थियो जुन दुःखद हो । यस्तो नहोस्, सकारात्मक भावले हेर्दा भारतको अयोध्या र मधेसको सम्बन्धलाई रामको मन्दिरले अझै सम्बन्ध बलियो बनाउने अपेक्षा चैं गर्न सकिन्छ ।

Leave a Reply