सबैमा अनुरोध !
प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडीयाले खोजौं ?
केही दिन अघिदेखि म संग जोडिएर सिलसिले बार रुपमा सरुवा, नियुक्ति लगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन् ।
अब तथ्य खोजौं र प्रमाणित गरौं जसको उत्तर यो समाज र मलाई कसले दिन्छ ?
१ बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाव दिने को हुन ?
२ नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन ?
३. नोटको नम्बर सहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? मलाई थाहा छैन ।
कुन अवस्थामा छ ?
४. प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन ? अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?
५.सुचना प्रविधि (एआई) को दुरुपयोग गरी निकालिएको मेरो आवाज भनिएको छ कसले पुष्टि गर्ने ? जुन त्यो मेरो आवाज होईन !
यी अनुत्तरित प्रश्नको खोजी गरौं, अनि मात्र सत्य र निष्ठाको पत्रकारिताको जग बलियो बनाउन लागौं ।
म राज्यको चौथो अंग पत्रकारिताको सधै सम्मान गर्ने व्यक्ति हुँ ।
धन्यवाद !


















