वीरगन्ज,सशस्त्र प्रहरी बिओपी आईसीपी र प्रहरी पर्साले भारतीय खाली कण्टेनरबाट गाँजा बरामद गरेको छ । नेपालमा सामान अनलोड गरेर आईसीपी हुदै भारततर्फ जान लागेको एस आर ५५ एम २२०९ नम्बरको भारतीय कण्टेनरमा लुकाएर राखिएको गाँजा सशस्त्र प्रहरीले सोमबार बरामद गरेको हो ।

भारतीय कण्टेनरमा गाँजा लोड भएको सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले आईसीपीबाट भित्र इन्ट्रि गर्न पार्किङमा राखिएको भारतीय कण्टेनरमा खान तलासी गर्दा कण्टेनरको हुटमा लुकाएर राखिएको गाँजा बरामद गरेको हो । प्रहरीले २ सय ४७ किलो गाँजा बरामद गरेको जनाएको छ । गाँजा फेला परेको कण्टेनरको चालक भने फरार रहेका छन् । गाँजा कहाँबाट कसरी ल्याएको छ भन्ने विषयमा अहिले अनुसन्धान भईरहेको सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका पछि थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन लगिएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here