सिमरा,श्रीनेपाल राष्ट्रिय माध्यमिक विद्यालय डुमरवाना र राष्ट्रिय विभुति शिक्षा सदन डुमरवाना सिमरामाजारी अन्तर विद्यालय फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा पुगेका छन् ।

बिहिबार भएको प्रि–क्वाटरफाईनल खेलमा सिमरा पब्लिक ईङ्लिस स्कुल (एसपिईएस) लाई २–० ले हराउँदै नेरामावि डुमरवानाले क्वाटर फाईनलमा स्थान बनाएको हो । त्यस्तै राष्ट्रिय विभुति शिक्षा सदनले नोबेल एकेडेमीलाई ३–० ले पराजित गर्यो ।

नेरामाविकोलाई जित दिलाउन करण चौधरी एक्लैले दुई गोल गरे । खेलको सुरुवाती समयमै गोल गरेर अग्रता बनाएका करणले ४५ मिनेटमा अग्रता दोब्बर पारे ।

मैदानमा राम्रो प्रदर्शन गरेको (एसपिईएस) ले गोलका लागि अवसर बनाउन नसक्दा प्रतियोगिताबाटै बाहिरिनु पर्यो ।

टिमलाई २–०को जित दिलाएका करण नै खेलको म्यान अफ दि म्याच घोषित भए ।

उता, राष्ट्रिय विभुतिको जितमा राजकुमार चौधरीले दुई गोल गरेका थिए । केशव चौधरीको नाममा एक गोल रह्यो ।

खेलको म्यान अफ दि म्याच राजकुमार चौधरी घोषित भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबार एक खेल हुनेछ । दिउसो २ः३० मा हुने खेलमा बारा एकेडेमी पिलुवा र न्यु एकता बोर्डिङ स्कुल खेल्ने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here