२०८१ साल असार २८ गते बिहान, एकाएक भयानक दुर्घटनाको खबर फैलियो । त्यो एकदमै आश्चार्यजनक पनि थियो । र, त्यो घटना अहिलेसम्म पनि एक प्रकारले भन्दा आश्चार्यकै गर्भमा रहेको छ ।वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बस र काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स रातको समयमा त्रिशुली नदीमा बगे । बस मात्र होइन, बसभित्र रहेका यात्रुहरु पनि बगे । कोही काठमाडौं जांदै थिए, कोही घर रौतहट फर्कदै थिए ।
बस त्रिशुली नदीमा खसेको शनीवार एक वर्ष पूरा भयो । अझै ३९ जना यात्रुहरुको अवस्था अज्ञात छ । अनि दुईवटा बसको पनि अवस्था पनि पत्ता लाग्न सकेको छैन । दुईवटै बस नदीमा पत्ता नै नलाग्ने गरी बेपत्ता भएका हुन । यो वैज्ञानिक दृष्टिकोणबाट आश्चार्यकै कुरा भएपनि यो विषयमा केही अत्तोपत्तो लागेन । भारतीय प्राविधिकहरुको समेत सहयोग लिएर सरकारले खोजी त गरेकै हो ।
तर, परिणाम सुन्य नै भयो । एक वर्षपछि पनि परिवारको अवस्था उस्तै छ । कतै जिवित पो छन् कि भन्ने पनि परिवारलाई लागेको छ यद्यपि धेरैले अन्तिम संस्कार गरेको कुरा आइ नै सकेको छ । बर्षायाम हरेक वर्ष आउने नै हो । यस वर्ष पनि यस्तै घटना रसुवामा भएकै हो । सरकारी तयारी केही देखिदैन । यस्ता घटनाबाट पाठ सिक्न पर्ने हो तर सरकारले सिक्न खोजेको जस्तो चैं देखिदैन ।

















