बरियारपुर,मोटरसाइकलको ठक्करबाट मंगलबार बाराको प्रसौनीमा १४ बर्षिया किशोरी घाइते भएकी छिन ।

कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरस्थित स्कुलबाट कलैयातर्फ आउदै गरेको ना.४९ प ७९४४ नं.को मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा प्रसौनी गाउँपालिका वडा नम्बर ५ बस्ने सोनालाल साहको वर्ष १४ की छोरी निशाकुमारी गुप्ता घाइते भएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलको ठक्करबाट गुप्ताको बायाँ खुट्टाको लिगामेन्ट फुटेपछि उपचारको लागि उनलाई कलैया अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहर टोल बस्ने वर्ष ३५ को कृष्ण सहनीलाई मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here