वीरगन्ज महानगरपालिकाका मेयर बिजयकुमार सरावगीले मंगलबार वीरगन्जमा आयोजना गरिएको एक कार्यक्रम मार्फत एमालेमा प्रवेश गरेको घोषणा गरे । ठीक करिब ६ वर्षअगाडि तत्कालिन संघीय समाजवादी पार्टीमा प्रवेश गरी त्यसको करिब ६ महिनापछि वीरगन्ज महानगरपालिकाको मेयर बनेका उद्योगी समेत रहेका सरावगीहरुको पार्टी परिवर्तनलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।
त्यसो त मंगलबार उनीसंगै धेरैजना एमालेमा प्रवेश गरेको पनि देखाइएको छ । चुनाव आउनु ठीकै हो तर चुनावका बेला स्वार्थका लागि गरिने पार्टी परिवर्तन अनि पार्टी प्रवेशले क्षणिक लाभ त दिन्छ नै तर दीर्धकालिन रुपमा भने यसको खास अर्थ रहदैन ।
किनभने पदका लागि पार्टी परिवर्तन गर्नेहरु त्यो पार्टीेमा सधै बस्छन् भन्ने कुराको सुनिश्चित पनि हुदैन । सिद्धान्त र आस्था विपरीतको पार्टी प्रवेशले पार्टीलाई ठूलै फइदा भएको खासै पाइदैन । त्यसो त एमालेप्रतिको यो क्रेजले चुनावको नजितापछि स्पष्ट पार्नेछ नै तर पनि चुनावका मुखमा हुने पार्टी परिवर्तन र प्रवेशले क्षणिक मात्रै फाइदा हुने निश्चित छ ।