बारामा अफिमसहित पर्साका तीनजना पक्राउ
कलैया,बारा प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई पकाउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साबाट खटेको संयुक्त प्रहरी टोलीले उक्त लागूऔषध अफिमसहित आज तीन जनालाई पक्राउ गरेको हो ।

बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवास्थित पतञ्जली चोकमा बिआर ०१ सिएल ६०७९ नम्बरको कारलाई रोकी चेकजाँच गर्ने क्रममा कारको पछाडिको सिटमाथि कालो प्लष्टिकको पोकामा बेरेर राखिएको अवस्थामा २ किलो २४ ग्राम ( लागू औषध अफिम बरामद भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक भट्टकाअनुसार लागू औषध अफिमसहित पक्राउ परेका तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Leave a Reply