निजगढ,अध्यक्ष रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधले मुद्दा चलाइएको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी निजगढ नगर समितिले शुरु गरेको हस्ताक्षर कार्यक्रममा आइतवार दिउसोसम्ममा ४ हजार ५ सय जनाभन्दा बढीले हस्ताक्षर गरेका छन ।

रास्वपाले एक साता अघिबाट निजगढमा शुरु गरेको हस्ताक्षर अभियानमा आइतवार दिउसोसम्ममा स्थानीय सर्वसाधारण, व्यवसायी, विद्यार्थी र राजनीतिक दलका कार्यकर्ता तथा समर्थकसमेत गरी ४ हजार ५ सयभन्दा बढीले हस्ताक्षर गरेको पार्टीको बारा जिल्ला सचिव रामहरी खरेलले जानकारी दिनुभयो ।

सो पार्टीले ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर’ लेखिएको ब्यानर टाँगेर निजगढ ८ को बुद्ध चोक, निजगढ ७ को शहिद चोक, वडा नम्बर ११ को रतनपुरमा हस्ताक्षर संकलन गर्दैआएको छ । जिल्ला सचिव खरेलले वडा नम्बर ६ मा भने पार्टी कार्यकर्ताहरु सर्वसाधारणको घरघरमै पुगेर हस्ताक्षर संकलन कार्य गरिरहेको र शंभव भएसम्म नगरका सबै वडामा पुगेर हस्ताक्षर संकलन गरिने बताउनुभएको छ ।

Leave a Reply