वीरगञ्ज,वीरगञ्ज कारागारमा एक कैदीको बिजुलीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन ्।अनिल महतो नुनिया जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि वीरगञ्ज कारागारमा सजाय भोग्दै थिए । शनिवार बिहान कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक बोगटीकाअनुसार घटनास्थलमा तत्कालै प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्यअघि बढाइएको छ ।

Leave a Reply