निजगढ,लायन्स क्लब अफ निजगढ सिटीले हिजो निजगढ नगरपालिका वडा नम्बर ७ माझी टोलका अतिविपन्न समुदायका २० जनालाई कम्बल वितरण गरेको छ ।
क्लबले वडा नम्बर ७ का कार्यवहाक वडा अध्यक्ष रामबहादुर माझीको रोहबरमा चीसोबाट प्रभावित विपन्न परिवारका सदस्यहरुलाई २० थान न्यानो कम्बल वितरण गरेको क्लबका खडकप्रसाद मैनालीले जानकारी दिनुभयो । कम्बल वितरण कार्यक्रममा क्लबका अध्यक्ष मणिश्वर घिमिरे, विष्णुगोपाल रिसाल, नविन खनाल, खडक मैनाली र मुना बुढाथोकीको सहभागिता रहेको थियो ।
रेडक्रस गन्जभवानीपुरद्वारा असहायलाई कम्बल
नरेश गुप्ता
बरियारपुर,नेपाल रेडक्रस सोसाइटी उपशाखा गन्जभवानीपुरले शुक्रवार गरिब र असहाय परिवारलाई कम्बल वितरण गरेको छ ।
विगत एक महिनादेखिको शीतलहर, चीसोले जनजीवन कष्टप्रद बन्दै गएपछि रेडक्रस सोसाइटी उपशाखा गन्जभवानीपुरका संयोजक प्रभुलाल कुशवाहाले महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० का असहाय र गरिब परिवारलाई पच्चीस जनालाई न्यानो कम्बल वितरण गर्नुभएको हो ।
शीतलहर र चीसो बढेकोले गरिब र असहाय समुहायमा राहत स्वरुप कम्बल वितरण गरिएको उपशाखा अध्यक्ष कुशवाहाले बताउनुभयो । सो अवसरमा रेडक्रस सोसाइटी गन्जभवानीपुर शाखाका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । रेडक्रस सोसाइटीले कोभिड महामारीमा पनि असहाय र गरिब परिवारमा राहत र शीतलहर प्रभावितहरुलाई कम्बल वितरण तथा रक्तदान जस्ता सामाजसेवाका काम गर्दैै आएको संयोजक कुशवाहाले जानकारी दिनु भयो ।