निजगढ,निजगढ नगरपालिकाले बर्सेनि बाढीका कारण हुने क्षति न्यूनीकरणका लागि नदी च्यानेलाइजेसन कार्य अघि बढाउने उद्देश्यले एक्साभेटर भाडामा लिने भएको छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले मंगलवार एउटा सूचना निकालेर तोकिएको समयभित्र प्रस्ताव पेश गर्न इच्छुक उपकरण धनी, व्यक्ति वा फर्महरूसंग असार ९ गतेसम्म दररेटसहितको सिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गर्नुभएको हो ।
नगर विपद् व्यवस्थापन समितिको निर्णय अनुसार नगरपालिका कार्यालयले एक्साभेटर भाडामा लिन लागेको हो । सम्झौता अधिकतम दुई महिनाको हुने र आवश्यकता अनुसार नगर कार्यपालिकाले सो सम्झौता रद्द वा विस्तार गर्नसक्ने अधिकार सुरक्षित राखेको छ।निजगढको बकैया, बगर, भक्तलाल, धन्सार, शक्तिरपसाहलगायतका खोलाहरूमा नदीजन्य पदार्थ थुप्रिएर बर्सातको समयमा नदीले धार परिवर्तन गर्दा मानव बस्ती, खेतियोग्य जमिन, वनजंगल, सडक पूर्वाधार र पूर्वपश्चिम राजमार्गको पुल ड्याममा समेत क्षति हुने अवस्था देखिएपछि नगर विपद् व्यवस्थापन समितिको बैठकले मनसुनजन्य विपद् व्यवस्थापन गर्न एक्साभेटर भाडामा लिएर नगरका विभिन्न नदीहरुमा नियन्त्रण र च्यानेलाइजको कार्य सुरु गर्ने निर्णय गरेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले हस्ताक्षर गरेको सूचनामा प्रस्ताव पेश गर्दा अनिवार्य रुपमा उपकरण धनीको निवेदन, नेपाली नागरिकताको प्रमाणपत्र, सवारी बीमा कागजातको प्रतिलिपि, चालक र सहचालकको व्यवस्था, तलबभत्ता तथा मर्मत खर्च उपकरण धनी आफैले बेहोर्नुपर्ने, कार्यको भुक्तानी सम्बन्धित वडा कार्यालयबाट प्रमाणित लगबुकको आधारमा गरिनेउल्लेख छ। इन्धन, ग्रिज र मर्मतसम्भारको खर्च पनि उपकरणधनी आफैले व्यहोर्नुपर्नेसो सूचनामा भनिएको छ ।
विपद् व्यवस्थापन समितिको बैठकलेबैठकले शंभावित रोगको संक्रमण नियन्त्रण तथा विपदमा आवश्यक पर्ने औषधि र अन्य उपकरण तथा सामग्री खरिद गर्ने निर्णय पनि गरेको छ ।



















