वीरगञ्ज,पर्सा प्रहरीले अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट गर्ने अभियान अझै जारी छ । विशेष सूचनाको आधारमा अवैधरुपमा लगाइएको गाँजा खेती नष्ट अभियान अन्तर्गत प्रहरीले शुक्रवार अबेरसम्म गाँजा फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले जगरनाथपुर गाउँपालिकाको वडा नम्बर– ४ सोहपुरमा लगाइएको लागु औषध गाँजा नष्ट गरेको हो ।प्रहरीको टोलीले करिब १५ कट्ठामा लगाइएको गाँजाको बोट फडानी गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताउनुभयो ।उहाँका अनुसार सो जग्गामा लगाइएको करिब १५ हजार गाँजाको बोट फडानी गरिएको छ ।गाँजा खेती गर्ने व्यक्तिमाथि समेत अनुसन्धान प्रक्रिया अगाडि बढाइने तयारी गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a Reply