सिमरा,सडक दुर्घटनामा ज्यान गुमाएका जीतपुरसिमराका एक कर्मचारीको परिवारलाई सोमवार बीमाबापत २५ लाखको चेक हस्तान्तरण गरिएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले मृतक कर्मचारी प्रविणकुमार कर्णको परिवारलाई २५ लाख रुपैया बराबरको चेक हस्तान्तरण गरेको हो ।कर्णको असोज २५ गते मोटरसाइकलको ठक्करबाट ज्यान गएको थियो । कर्ण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ स्थित स्वास्थ्य केन्द्रका प्रमुख थिए ।इन्स्यारेन्स कम्पनी सिमरा शाखाकी प्रवन्धक रुकुमाया पाख्रिनले कर्णकी पत्नी सीमा कर्णलाई उपमहानगरपालिकाको कार्यालयमा चेक हस्तान्तरण गर्नुभएको हो । सीमा पनि उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी हुन्ुहुन्छ ।चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख राजन पौडेल, स्वास्थ्य शाखा प्रमुख रवी भाष्करलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।