सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका १४ मा सम्पन्न महिलाहरुको भेलाले जीतपुरसिमरा महिला सञ्जाल गठन गरेको छ । भेलाले जीतपुरसिमरा १४ की वडा अध्यक्ष चयन गुरुङको अध्यक्षतामा १९ सदस्यीय सञ्जाल गठन गरेको हो ।
सञ्जालको उपाध्यक्ष इन्दुकुमारी ढोडारी, सचिव शान्ताकुमारी बजगाईं (रिना), कोषाध्यक्ष लक्ष्मी पाण्डे चयन भएका छन् । यसैगरी सदस्यमा श्रीदेवी थरुनी, कमला घिमिरे, मञ्जुदेवी बानियाँ, मनकुमारी खनाल (मञ्जु), ज्ञानी पासवान, खैरुनेशा, पुनम चौधरी, संगिता चौधरी, शोभा केसी, कल्पना थापा, शारदादेवी रिजाल, रिनु पाख्रिन, बेलीकुमारी, सम्झना राई, सिमा ठकुरीलाई चयन गरिएको छ ।

राजनीतिक, सामाजिक र विभिन्न संघसंस्थामा सक्रिय महिलाहरुको सहभागितामा सञ्जाल गठन गरिएको हो । सञ्जालले उपमहानगरपालिकाभित्र महिला महिला सशक्तीकरण, अधिकार र सुरक्षाका लागि काम गर्ने बताइएको छ ।
सञ्जालले नगरभित्र रहेका महिला समूह तथा संघसंस्थाबीच समन्वय गरी सशक्त नेतृत्व विकासमा सहयोग पुर्याउन सीप, शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तीकरण लगायतका विषयमा कार्यक्रम गर्ने बताइएको छ ।

त्यसैगरी घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, मानव बेचबिखनजस्ता महिलामाथि हुने हिंसाका घटनामा सचेतना, निगरानी र दबाब दिने कार्य र पीडित महिलालाई मनोसामाजिक सहयोग, न्यायिक प्रक्रिया र उद्धारमा समन्वय पनि गर्ने जनाइएको छ ।

संजालले लैङ्गिक उत्तरदायी बजेट सुनिश्चित गर्न दवाव र अनुगमन गर्न तथा एकल महिला, अपाङ्ग महिला, दलित महिला, सिमान्तकृत समुदायका महिलाहरूका आवाज उजागर पार्ने र उनीहरूको हकहितका लागि सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र पैरवीको काम गर्ने अध्यक्ष गुरुङ्गले बताउनुभयो ।सञ्जाल गठनको लागि भएको भेलामा मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, पूर्वमधेशप्रदेश सभा सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, एमाले नेता किशोर शर्मा, कांग्रेस युवा नेतृ रिता रिजाललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply