आरके राजन

सिम्रौनगढ,तलब भत्ता माग गर्दै बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका विद्यालयहरुमा कार्यरत नगर शिक्षक, विद्यालय कर्मचारी, बाल विकास कोटाका शिक्षक र विद्यालयका सहायक कर्मचारीहरुले बुधवारबाट अनिश्चितकालीन धर्ना सुरु गरेका छन ।सिम्रौनगढ बजारमा जुलूस प्रदर्शन र कोण सभापछि शिक्षक कर्मचारीहरुले नगरपालिका कार्यालयमा पुगेर मुल गेटमा धर्ना दिएका हुन । जुलुसका सहभागीहरुले तलब कटौती र श्रम शोषण बन्द गर्नुपर्ने जस्ता नारा लगाएका थिए ।शिक्षिका पुनमकुमारी यादवको नेतृत्वमा निस्केको जुलूसपछि आयोजित कोण सभामा बारा जिल्ला शिक्षक सघका उपाध्यक्ष सुभाषचन्द्र यादव, बारा जिल्ला ट्रेड युनियन सदस्य सुरेन्द्रप्रसाद यादव, सिम्रौनगढ नगर शिक्षक संघका अध्यक्ष उमाशंकरप्रसाद यादव, संगीता जयसवाल, सीतादेबी यादवले आफ्नो बिचार राखेका थिए । कोण सभाको सन्चालन शिक्षक बन्हु सहनीले गर्नुभएको थियो ।नगरपालिकामा कार्यरत शिक्षक कर्मचारीहरुले गत चैत्र महिनादेखि तलब भत्ता नपाएको बताएका छन । माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने शिक्षिका पुनम यादवले बताउनुभयो ।

Leave a Reply