धिरेन्द्र तिवारी

कलैया,प्रादेशिक अस्पताल कलैयामा बारा क्षेत्र नम्बर ३ ‘ख’ का प्रदेश सभा सदस्य महम्द समीरले आइतवार आकस्मिक छडके अनुगमन गर्नुभएको छ ।हरेक हप्ताको पहिलो दिन आइतबार अस्पतालका चिकित्सकहरु १२ बजपछि मात्रै सेवामा आउने गरेको भन्ने गुनासो आएपछि प्रदेश सभा सदस्य समीरले बिहान १०ः १५ बजेको समयमा अस्पतालको ईमर्जेन्सी, ओपिडी वार्ड, प्रसुतिकक्ष, ल्याब, एक्सरेलगायत आईसु कक्षमा समेत अनुगमन गर्नुभएको थियो । अनुगमनको क्रममा अस्पतालका सबै फाँटमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु उपस्थित रहेको पाइएको थियो ।सोही क्रममा प्रदेश सभा सदस्य समिरले हार्ड तथा नसा रोग विशेषज्ञ डाक्टर चन्द्रभुषण यादवलाई आफ्नोे खुट्टाको चेकजाँच गराउनुभएको भएको थियो । डाक्टर यादवको सुझावबाट आफू संन्तष्ट भएको प्रदेश सभा सदस्य समिरको भनाइ छ ।कलैया प्रादेशिक अस्पतालको डाक्टरहरुको टोलीले आफूहरुले अनुगमन थालेपछि बिरामीको राम्रो उपचार सहित हेरचाह र आवश्यक सल्लाह सुझाव दिने गरेको पाइएको प्रदेश सभा सदस्य समिरले जानकारी गराउनु भएको छ । पहिलाको तुलनमा अस्पतालको सेवामा सुधार आएको उहाँको भनाइ छ । उहाँले सरकारी अस्पतालमा उपचार गराएर लाभ लिन गरिब र सर्वसाधारणसंग आग्रह पनि गर्नुभएको छ ।अनुगमनको क्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई, रुस्तम अन्सारी, बिक्की साह, जलन्धर यादव लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply