सिकेन्द्रप्रसाद साह
सिम्रौनगढ,कृषिमा आधारित जीवनयापन गरिरहेका किसानहरूलाई राहत दिने उद्देश्यले बाराको आदर्श कोतवाल गाउँपालिकाले पालिकाका ७ सय ७८ जना किसानको कृषि मिटरको विधुत महसुल भुक्तानी गरेको छ ।गाउँपालिकाले किसानले २०८१ साउनदेखि २०८२ असारसम्मको अवधिका प्रयोग गरेको विद्युतको शुल्क बापत कुल १९ लाख ९५ हजार ८०८ रुपैयाँ बराबरको चेक नेपाल विधुत प्राधिकरण सिम्रौनगढ उपवितरण शाखालाई बुझाएको हो ।
सो चेक गाउँपालिकाका अध्यक्ष जवाहरप्रसाद साह स्वयंले हस्तान्तरण गर्नुभएको थियो ।



















