बिश्वमा हुने एकाध घटना मध्य नेपालमा पनि भयो । शायदैले सोचेका थिए होलान्, दुई दिनमा सत्ता कालापलट हुन्छ भनेर ।जननिर्वाचित सरकार अपदस्त गरी सडकबाट सरकार गठन गरिएको छ । नेपालमा लगभग दश वर्षअगाडि संबिधान जारी भएको थियो । त्यही संबिधानको आधारमा सडकको नयाँ पुस्ताको चाहना अनुसारको सरकार बनाइएको छ र यसको नेतृत्व सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायधिश शुशीला कार्कीलाई जिम्मेवारी दिइएको छ । शुशीलाई कार्की अकस्मात् यो पद दिइएको भने होइन ।
मुख्यत पटक पटक सरकारमा गएका राजनीतिक दलहरुले जनताको भन्दा आफ्नो स्वार्थ बढी हेरेपछि र आफ्नो स्वार्थका लागि जे गरेपनि गर्न थालेपछि वाक्क भएका नागरिकहरुले दलहरुकै कारण विद्रोह गरेका थिए ।
नागरिकहरुलाई विद्रोह गर्ने अधिकार संबिधानमा नै छ । विद्रोहको नाउमा जे भयो, त्यो चैं दुःखद हो । यद्यपि अब नेपालको ३८ औं प्रधानमन्त्रीमा शुशीला कार्कीले सपथ लिइ सक्नुभएको छ ।
तर, उहाँको यात्रा सहज छैन । सबै राजनीतिक दललाई बिश्वासमा लिएर फागुन २१ गते चुनाव गर्नुपर्ने चुनौती छ । कार्की वास्तवमा अन्तरिम सरकारको प्रमुख मात्रै भएकाले चुनाव गराउनु मुख्य काम हो र गराउनुपर्छ ।
यदि समयमा चुनाव नभए जेनजीको आन्दोलनमाथि पनि प्रश्न खडा हुन्छ । राजनीतिक दलहरुले पनि बिरोध गर्न अब आवश्यक छैन । सच्चिएर जनता माँझ गएर माफी मागेर चुनाव जितेर आएर फेरि सरकार बनाउने अवसर छदैछ तर यसका लागि कार्कीले वातावरण बनाइ दिनुपर्छ । जनताको मत सर्वोच्चको यसैले सबैलाई सबक सिकाउने छ ।
















